Latest News

निहारिकालाई भेटेपछि काठमाडौंका मेयर बालेनले दिए कडा प्रतिक्रिया

Nepalese Times August 13, 2022 (1 Year ago)    511 Views

काठमाडौं ।

न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूत अहिले टिचिङ अस्पतालमा रहेकी छिन् ।

टिचिङ अस्पतालमा उपचाररत उनलाई आज काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् ।

निहारिकालाई भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्लै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै कुमारी आमा निहारिकाले शुक्रबार शितल निवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् ।

राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाउन सफल भएको थियो । शुक्रबार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो ।

उनै निहारिकालाई केही समयअघि नायिका एवम् नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले सहयोग गर्ने घोषणा गरेकी थिइन्, सहयोग पनि गरिन् । तर, जब उनले विस्तारै घटनाक्रम बुझ्दै गइन्, गलत ठाउँमा हाल हालेको महसुस गर्न थालिन् ।

निहारिकाका नीजि तस्बिरहरु सार्वजनिक गर्दै करिश्माले लेखेकी छिन्, ‘यो केसको स्वरुप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा सबैसँग माफी चाहन्छु । अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिनँ । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढेको थिएँ ।’

यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क गर्दै करिश्माले उनका तस्बिरहरु सार्वजनिक गरेककी छिन् । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । नेप्लिज टाइम्सले करिश्मा मानन्धरसँग निहारिकाका नीजि तस्बिर सार्वजनिक गर्नुको बाध्यताबारे कुराकानी गरेको छ । कुराकानी पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस