Latest News

धापाथली प्रसुती गृहबाट २६ दिनको शिशु चोर्ने यि महिला को हुन् ?

Nepalese Times February 23, 2024 (2 Month ago)    389 Views

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ । प्रहरीले सीसीटीभी फुटेज हेरेर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ । फुटेजमा एकजना महिलाले बच्चा बोकेर हिँडिरहेको देखिन्छ । शुक्रबार एकजना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार काभ्रेकी एक महिलाको २६ दिनअघि जन्मिएकी छोरी चोरी भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । बच्चा चोरीको उजुरी आएपछि अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अस्पतालका निर्देशक डा. रुद्रप्रसाद अधिकारीले ओपीडीमा परीक्षणका आएकी आमाको हातबाट शिशु चोरी भएको जानकारी बताएका छन् । २२ दिने शिशु लिएर ओपीडीमा परीक्षणका आएकी आमाको हातबाट शिशु चोरी भएको हो । काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेकको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् । ती अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको प्रहरी जनाएको छ । बच्चा चोरी गरेर भाग्ने महिलाको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सविनाले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन् । आउँदा बच्चा र ती व्यक्ति नभएको जानकारी उनले प्रहरीलाई दिएकी छिन् । अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ । अस्पताल स्रोताका अनुसार उक्त घटनाको प्रहरीले छानिवन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस