Latest News

पुण्य गौतममाथि रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता समातिए, के थियो कारण ?

Nepalese Times October 10, 2024 (1 Year ago)    649 Views

पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाएका थिए। घाइते बनाएर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका ४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन्। संजिवलाई प्रहरीले मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरेको हो।उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ।

उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार हुन्। उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक समेत हुन्। रड प्रहार गर्नुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस