Latest News

प्रेम दिवसकै दिन समिक्षा अधिकारीले सम्झिन् जिन्दगी बर्बाद बनाउनेलाई (भिडिओसहित)

Nepalese Times February 14, 2024 (2 Month ago)    234 Views

काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीले भ्यालेन्टाईन डे को अवसरमा प्रेमको नाटक गरेर अर्काको जिन्दगी बर्वाद बनाउनेहरुलाई सुभकामना भनेकी छिन् । उनको यो भनाई कतै पल साह लक्षित हो कि भन्ने अड्कलबाजी गर्नेहरु पनि छन् ।

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसरमा एक स्टाटस पोष्ट गर्दै उनले इमान्दार पूर्वक प्रेम गर्ने जोडीहरूको ३६५ दिन नै प्रेम दिवस हुने भन्दै प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरुलाई सम्झिएकी हुन् । प्रणय दिवसको अवसरमा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना भनेकी हुन् ।

‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो ।’ उनले लेखेकी छिन, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना ।’ यतिबेला समिक्षा विभिन्न मेला महोत्सवमा हुने सांगीतिक कार्यक्रममा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस