Latest News

करिश्मा मानन्धरले निहारिकाको नीजि तस्बिर किन सार्वजनिक गरिन् ? (विशेष अन्तर्वार्ता)

Nepalese Times August 13, 2022 (1 Year ago)    702 Views

काठमाडौं ।

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै कुमारी आमा निहारिका राजपुतले शुक्रबार शितल निवास अगाडि आत्मदहको प्रयास गरिन् ।

राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगायो । शुक्रबार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो ।

उनै निहारिकालाई केही समयअघि नायिका एवम् नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले सहयोग गर्ने घोषणा गरेकी थिइन्, सहयोग पनि गरिन् । तर, जब उनले विस्तारै घटनाक्रम बुझ्दै गइन्, गलत ठाउँमा हाल हालेको महसुस गर्न थालिन् ।

निहारिकाका नीजि तस्बिरहरु सार्वजनिक गर्दै करिश्माले लेखेकी छिन्, ‘यो केसको स्वरुप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा सबैसँग माफी चाहन्छु । अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिनँ । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढेको थिएँ ।’

यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क गर्दै करिश्माले उनका तस्बिरहरु सार्वजनिक गरेककी छिन् । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । नेप्लिज टाइम्सले करिश्मा मानन्धरसँग निहारिकाका नीजि तस्बिर सार्वजनिक गर्नुको बाध्यताबारे कुराकानी गरेको छ ।

तपाईले निहारिकाका नीजि तस्बिरहरु सार्वजनिक गर्नुपर्ने आवश्यकता किन महसुस गर्नुभयो ?
मैले उनलाई सहयोग गरेको थिएँ । तर, मैले जब घटनाक्रमहरु बुझ्दै गएँ घटना आफूले सोचेजस्तो नभएको पाएँ । अझ ती तस्बिरहरु पाएसँगै मैले गलत ठाउँमा हात हालेछु कि भन्ने लाग्यो । तस्बिरमा उनीहरुबीच सहमतिमै बच्चा भएको जस्तो देखिन्छ । कत्ति नाबालिग जो साँच्चिकै पीडित छिन्, उनीहरुको मुद्धामा यसले असर गर्ने देखेँ । संसारलाई भ्रममा राख्न चाहिनँ अनि तस्बिरहरु सार्वजनिक गरिदिएँ ।

यी तस्बिरहरु कहाँबाट पाउनुभयो ?
निहारिकाको न्यायका लागि भनेर सावित्री सुवेदीलगायत धेरै महिला अधिकारकर्मीहरु लड्नुभयो । घटनाको प्रकृति थापा पाएपछि उहाँहरु पनि पछि हट्नुभयो । मलाई यो फोटो सावित्री सुवेदी (जयनारी) ले उपलब्ध गराउनुभएको हो । उहाँले यी तस्बिरहरु मलाई देखाएपछि त म झसँग भएँ । मलाई लाग्यो, यो कुरा सारा संसारले थाहा पाउनुपर्छ । अनि सार्वजनिक गर्ने आँट गरेँ ।

निहारिकाका नीजि तस्बिर सार्वजनिक गरेर के सन्देश दिन खोज्नुभएको ?
निहारिका गल्ती छिन् या सही छिन् त्यो मलाई थाहा छैन । राज्य, न्यायपालिकाले यो केसमा गहिरो छानविन् गरोस् । म संधै सत्यको साथमा रहेकी छु । निहारिका सांच्चै पीडित हुन् भने म जस्तोसुकै सहयोग गर्न तयार छु । तर, उनका कारणले अरु लाखौँ महिला दिदिबहिनी र छोरीहरु न्याय पाउनबाट बन्चित हुनुभएन । निहारिकाले आफूमाथि बलात्कार भएको भने र सडक आन्दोलन गर्दै आइरहेकी छिन् । तर, उना यस्ता फोटोहरु हेरेपछि म के गरुँ ? भ्रममा रहेकाहरु छर्लंग होसे् भनेर मैले बोल्ने आँट गरेकी हुँ ।

तपाईको यो कदमले पीडितलाई झनै पीडा दिने काम भएन ?
यदि निहारिका पीडित् हुन् भने आफू जहाँ गएर भएपनि उनलाई न्याय दिलाउँछु भनेर म सबै काम छाडेर हिँडेकै हो । उनकै लागि सबै काम छाडेर दौडधुप गरेकै हो । तर, वास्तविकता के हो भन्ने विस्तारै थाहा पाउन थालेपछि म पछि हट्न बाध्य भएकी हुँ । सबैलाई भ्रमबाट हटाउन मैले यो कदम चालेकी हुँ । मेरो यो कदमले पीडितलाई झनै पीडा दिने भन्दा पनि वास्तविक पीडित न्याय पाउनबाट बन्चित नहोस् भन्ने सन्देश गएको छ ।

तपाईले गैर–जिम्मेवार अभिव्यक्ति दिनुभएको भनेर चर्को आलोचना भइरहेको छ । तपाईविरुद्ध मुद्धा हाल्नेसम्मका कुराहरु उठेका छन् नि ?
हो, म विरुद्ध मुद्धा हाल्ने भनेर ज्वाला संग्रौलाहरुले भन्नुभएको रहेछ । ठिकै छ, यसमा मेरो कुनै प्रतिक्रिया रहेन । वास्तविक पीडितलाई पो न्याय दिने हो त । उनीहरुले मविरुद्ध मुद्दा हाल्छन् भने हालोस् । म त्यसको मुकाबिला गर्न तयार छु । निहारिकाबारे महिला आयोगदेखि महिला अधिकारको क्षेत्रमा काम गर्ने सबैलाई थाहा छ । उनीहरुले यो काम गर्ने आँट गर्न सकेनन् । मैले संसारलाई भ्रममा पारेर राख्न हुँदैन भन्ने लागेर सार्वजनिक गर्ने आँट गरिदिएँ ।

के निहारिकाको बच्चाको डिएनए परीक्षण गर्नुपर्दैन त उसो भए ?
निहारिकाको बच्चाको डिएनए परीक्षण गर्नुपर्ने कुनै आवश्यकता नै म देख्दिनँ । जो बच्चाको बाउ हो उसैले बच्चालाई हेर्ने वातावरण मिलाए भइहाल्यो । पहिले सहमतिमै बच्चा जन्मिएको र पछि कुरा नमिलेपछि बलात्कारको केस बनाएर निहारिकाले गल्ती गरेको जस्तो आफूलाई लागेको हो । यो भ्रमबाट सबैजना मुक्त हुन जरुरी छ ।

हेर्नुहोस् उनले सार्वजनिक गरेका निहारिकाका नीजि तस्बिरहरु

प्रतिक्रिया दिनुहोस