Latest News

सन्तान नभएपछि मनिषाले चोरिन् २६ दिनको शिशु , भर्खरै सुत्केरी भएको नाटक

Nepalese Times February 24, 2024 (2 Month ago)    527 Views

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहबाट शिशु चोरी गर्ने महिलासहित ३ जना समातिएका छन् । दैलेख घर भई हाल काठमाडौंको काडाँघारी बस्ने मनिषा सिंह र श्रीमान र उनकी आफन्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

शिशुसहित उनीहरुलाई शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट पक्राउ गरेको छ। मनिषाका श्रीमान नेपाली सेनामा कार्यरत छन् ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनिषाले बालिकाको चोरी गरेको अपराध महाशाखाका एसपी रविन्द्र रेग्मीले बताएका छन् । प्रहरी पुग्दा आफू भर्खरै सुत्केरी भएको र आफनै बच्चा भएको दाबी गरेकी थिइन् । एसपी रेग्मीका अनुसार मनिषाले आफू सुत्केरी भएको छिमेकी र आफन्तलाई जानकारी समेत गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस