Latest News

बाबुरामको साथ छोडेका पाण्डेलाई प्रधानमन्त्री प्रचण्डले दिए महत्वपूर्ण जिम्मेवारी

Nepalese Times April 20, 2024 (1 Week ago)    248 Views

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युवा तथा सामाजिक विकासविज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले पाण्डेलाई युवा तथा सामाजिक विकासविज्ञमा नियुक्त गरेका हुन् । पाण्डे केही दिनअघि मात्रै नेपाल समाजवादी पार्टी परित्याग गरेर माओवादी केन्द्रमा फर्किएका थिए ।

नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराईको स्वकीय सचिव रहेर लामो समय काम गरेका पाण्डे ३ वैशाखमा माओवादी केन्द्रमा फर्किएका थिए । पाण्डेलाई प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस