Latest News

हेटौँडा कपडा उद्योगको विजोग, यहि अवस्थामा संचालनमा ल्याउन सकिएला ?

Nepalese Times February 3, 2024 (2 Month ago)    380 Views

संचालनको तयारीमा रहेको हेटौंडा कपडा उद्योग अहिले जिर्ण अवस्थामा छ । २०३२ सालमा शिलान्यास भएको उद्योग चिनियाँ सरकारको सहयोगमा बनेको थियो । २०३५ साल माघ ५ बाट सञ्चालनमा आएको उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो । हेटौंडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी र उपभोक्ताले तँछाडमछाड गर्थे । तर, २०५० तिर जब उद्योगमा राजनीतिले प्रवेश पायो तब उद्योगको दुर्गती सुरु भयो ।

ट्रेड युनियनको नाममा भएको राजनीति र सत्तारुढ दलले आफ्ना नेता तथा कार्यकर्ताको भर्तीकेन्द्र बनाउँदा नाफामा रहेको उद्योग २०५७ सम्म आइपुग्दा पूरै बन्द भयो । अहिले फेरि यो उद्योगलाई संचालनमा ल्याउने भनेर बहस सुरु भएको छ । सरकारले २०५७ साल माघ १८ गते हेटौँडा कपडा उद्योग बन्द गर्ने निर्णय गरेको हो भने २०५९ सालमा सरकारले उद्योग खारेजीको प्रक्रिया अघि बढाएको हो । उद्योग बन्द भएसँगै सयौँको रोजगारी त खोसियो नै, सबैभन्दा धेरै नाफा गर्ने नेपाली कपडालाई विश्व बजारमा ‘ब्राण्डिङ’ गर्ने उद्योगको अस्तित्व पनि सकियो । करिब १५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको उद्योगमा राजनीति छिरेपछि धराशायी हुँदै बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस