Latest News

त्रिशूलीमा खसेको भारतीय बोलेरो भेटियो, कति थिए यात्रु ?

Nepalese Times January 16, 2024 (3 Month ago)    2273 Views

काठमाडौं । त्रिशूलीमा खसेको बोलेरो भेटिएको छ । भारतीय नम्बरप्लेटको बोलेरो त्रिशूली नदीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा बोलेरो त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । बोलेरो सडकबाट करिब ८५ मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बीआर ०९ जीसी १४३० नम्बरको सिङ्गल क्याब भएको बोलेरो गाडी हो । त्रिशूली नदीमा बोलेरो खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको थियो । स्थानीयले बोलेरो नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा परिचालन भएको थियो ।

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । उक्त गाडिमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनको भनाइ छ। मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम भइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस