Latest News

विद्यार्थीबाट यति ठूलो सम्मान पाएका ‘सुजन सर’ , भिडिओ भाईरल

Nepalese Times February 14, 2024 (2 Month ago)    333 Views

पोखराको गण्डकी स्कुलमा विद्यार्थीहरुले शिक्षकलाई दिएको एउटा सम्मानको भिडिओ अहिले सामाजिक संजालमा भाईरल छ । वद्यार्थी र शिक्षकबीचको त्यो सामिप्यताबारेको भिडिओ अहिले सामाजिक संजालमा चर्चाको केन्द्रमा रहेका छन् ।

यो भिडिओ हेर्नुहोस् ।


शिक्षक सुजन लम्साललाई कक्षा कोठामा विद्यार्थीहरु झगडा गर्दै गरेको खबर आउँछ । त्यसपछि उनी आफूले गर्न लागेको काम छाडेर अत्तालिँदै झगडा छुट्टयाउन दौडिन्छन् । हस्याङफस्याङ गर्दै शिक्षक लम्साल झगडा परेजस्तो देखिने हुलमा पुग्छन् र छुट्याउन ोज्छन् । त्यस बेलासम्म शिक्षकलाई न सप्र्राइज भन्ने नै थाहा हुन्छ न त्यहाँ भिडिओ नै खिचिएको ।

त्यसै क्रममा त्यो हुलबाट एक्कासि फूलको गुच्छासहित सप्र्राइज आउँछ ह्याप्पी बर्थ डे सर । सुरुमा त शिक्षक लम्साल अलमलमा पर्छन । त्यसपछि विस्तारै सबै विद्यार्थीलाई अङ्कमाल गर्दै खुशी साट्छन् । भावुक हुन्छन् र इमोसनल हुन्छन् । यो भिडिओ गत शुक्रबारको हो । शिक्षक लम्साललाई गत शुक्रबार विद्यार्थीले दिएको सप्र्राइज बर्थ डे अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । शिक्षक लम्सालको बर्थ डे शनिबार थियो । तर, विद्यार्थीहरूले शनिबार बिदा हुने हुँदा शुक्रबार नै प्लान बनाएर सप्र्राइज बर्थ डे मनाएका थिए । उक्त भिडिओ शनिबार मात्रै राखिएको थियो ।

यसो त शिक्षक लम्साल पनि विद्यार्थीको बर्थ डेमा खुलेरै सेलिब्रेट गर्थे । उनले विद्यार्थीको बर्थ डेमा कहिले गीत गाउँथे त कहिले रमाइलो गर्थे । त्यसैको फलस्वरुप विद्यार्थीले पनि शिक्षकको बर्थ डेको छेको पारी सप्र्राइज सेलिब्रेट गर्ने निधो गरे । कक्षा कोठामा झगडा गरेको नाटक गर्न तयार भए र शिक्षकलाई खबर गरे । शिक्षक हतारिँदै आए र उनीहरूले सप्र्राइज बर्थ डे सेलिब्रेट गरे ।

कक्षा सुरु हुनु १० मिनेट अघि नै विद्यार्थीले शिक्षक सुजनलाई कोठामा बोलाएका थिए । उनले कक्षा ११ र १२ लाई भौतिक शास्त्र पढाउने गर्छन् । कक्षा १२ का विद्यार्थीले उनलाई कक्षा कोठामा बोलाएका थिए । विद्यार्थीले झगडा परेको बताएपछि आत्तिँदै कक्षा कोठामा पुगेका उनी त्यो देखेपछि एक छिन भावुक भए ।

प्रतिक्रिया दिनुहोस