Latest News

बागमती प्रदेश टेकबल संघको प्रथम अधिवेशन सकियो, राजन श्रेष्ठ अध्यक्ष बने, कार्यसमितिमा को-को अटाए ?

Nepalese Times May 11, 2024 (2 Month ago)    455 Views

काठमाडौं । बागमती प्रदेश टेकबल संघकाे प्रथम अधिबेशन शनिबार भक्तपुरमा सम्पन्न भएकाे छ । बागमती प्रदेश खेलकुद विकास परिषदका बाेर्ड सदस्य सुनिता गौतम र टेकबल संघका केन्द्रीय अध्यक्ष सुवास श्रेष्ठकाे उपस्थितीमा बागमती प्रदेश टेकबल संघकाे नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे ।

अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र काेषाध्यक्षमा क्रमश: राजन कुमार श्रेष्ठ, बिदुर कंडेल , माधवी बोस ,रविन्द्र लाछिमस्यु सबिता रेग्मीसहित १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार गठन भएकाे बागमती प्रदेश टेकबल संघकाे तदर्थ समितिले बनाएकाे बिधानलाई सर्वसम्मत रुपमा पारित गरी नयाँ कार्य समिति बनेकाे हाे । नयाँ कार्यसमितिकाे कार्यकाल ५ वर्ष रहने छ ।

नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि तथा बागमती प्रदेश खेलकुद विकास परिषद बाेर्ड सदस्य सुनिता गाैतमले परिषदकाे तर्फबाट टेकबलखेल बिकास र बिस्तारमा सहयाेग गर्ने प्रतिवद्वता ब्यक्त गरिन् ।

विशेष अतिथि तथा नेपाल टेकबल संघका केन्द्रीय अध्यक्ष सुवास श्रेष्ठ निर्वाचित पदाधिकारीलाई बधाई दिदै, बागमती प्रदेश टेकबल संघ गठनले नेपालमा टेकबल खेलकाे विकासमा थप सहयाेग पुग्ने आशा ब्यक्त गरे ।

बागमती प्रदेश देशकै राजधानी र धेरै टेकबल खेलाडी रहेकाे प्रदेश रहेकाेले प्रदेश टेकबल संघकाे गठनले अझ खेलकुद विकासमा देशलाई ठुलाे सहयाेग हुने उनले बताए । आगामी आर्थिक वर्षमा बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्ला टेकबल संघ र पालिका स्तरीय संघ गठन गर्ने निर्णय समेत गरिएको छ ।

केन्द्रिय अध्यक्ष सुवाश श्रेष्ठले अब १ महिना भित्र काठमाडौंमा ठुलो कार्यक्रमको आयोजना गरी रा खे प मा दर्ता गर्ने र अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरे ।

प्रतिक्रिया दिनुहोस