Latest News

‘म कुल्ली मेयर नै हुँ’ भन्दै हर्क सामपाङ यस्तो अवस्थामा भेटिए (तस्बिरहरु)

Nepalese Times July 10, 2022 (1 Year ago)    413 Views

काठमाडौं ।

धरानकाे मेयरमा हर्क साङपाङ बिजयी बने पश्चात धराने जनताहरूलाइ पानी खुवाउन कम्मर कसेर लागिपरेका छन्। खानेपानीको बिग्रेको संरचना मर्मत गर्न, चुहावट रोक्न र नयाँ स्रोत खोजीमा उनी दिनरात खटिएका छन्।

साम्पाङको निर्देशन अनुसार धरान वडा नं २० स्थित पकुवा खोलाको अध्ययनबाट पानी ल्याउन सम्भव देखिएपछि शनिबारदेखि निर्माण कार्य सुरु भएको छ। उक्त निर्माण कार्यमा मेयर साम्पाङ आफै श्रमदान गर्न खटिएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा उनको व्यस्तता बढिरहेको छ । त्यसका साथै उनी प्रशासनिक काममा पनि व्यस्त छन् ।

जेठ २३ गते उनले कार्यपालिकाको पहिलो बैठक राखे । उक्त बैठकबाट आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने र केही नीतिगत व्यवस्था गर्ने विषयमा निर्णय गराउने कोसिस पनि गरे ।

जस्तोः नदीजन्य पदार्थ उत्खनन् तथा दोहन गर्न बन्द गर्ने, नागरिक निगरानी समूह बनाउने । तर, उनलाई यसमा सफल हुन दिइएन ।

उनले यसबीचमा खानेपानी नआएको सम्बन्धमा गुनासो दर्ता गर्न फोन नम्बरहरु सार्वजनिक पनि गरेका छन् । उनले हरेक घण्टाजसो सामाजिक सञ्जाल फेसबुकमा धरान र धरानका जनतालाई मध्यनजर गर्दै स्टाटसहरु लेखिरहन्छन् ।

भर्खरै मात्रै उनले केही तस्बिरहरु पोष्ट गर्दै फेसबुकमा लेखेका छन्, ‘कुल्ली मेयर, किसान र मजदुर मेयर अब लागेँ है मेरो मेलोमा लु विरोधीहरुले विरोध गर्नु है । म कुल्ली, मजदुर र किसान नै हुँ । विरोधीहरुलाई वेल्कम छ ।लु हकार्न शुरु गर्नु बुरुरु ।’

====

 

तस्बिरहरु हर्क सामपाङको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस