Latest News

महेश बस्नेतको आधिकारिक उम्मेदवार मोहनवीर श्रेष्ठ, भक्तपुर एमालेमा बाजी मार्ने दाबी

Nepalese Times May 18, 2024 (2 Month ago)    983 Views

भक्तपुर । भक्तपुरमा जारी नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न नसकेपछि अहिले केहीबेरमा चुनावी प्रक्रिया सुरु हुँदै छ । यसक्रममा बिहान ११ बजे मतदान सुरु हुँदैछ । भक्तपुरको नयाँ नेतृत्वका लागि आउने चुनावी मतपरिणाम केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको प्रतिष्ठासँग जोडेर हेर्ने गरिएको छ ।

नेता बस्नेतले भक्तपुरको नयाँ नेतृत्वको लागि मोहनविर श्रेष्ठलाई चुनावी मैदानमा उतारेका छन् भने उनको प्रतिद्धन्दीको रुपमा बचन देउजा रहेका छन् । लामो समयको रस्साकस्सीका बीचमासमेत नयाँ नेतृत्वमा सहमति जुट्न नसकेपछि प्यानल नै बनाएर नेताहरु मैदानमा होमिएका हुन् ।

यि दुई प्यानलमध्ये महेश बस्नेतले मैदानमा उतारेका महोनवीर श्रेष्ठको प्यानल बलियो देखिएको छ भने उनलाई केन्द्रीय स्तरका नेताकोसमेत समर्थन रहेको बताईन्छ ।
भक्तपुरका विकासप्रेमी नेताको रुपमा लोकप्रियता कमाएका उनलाई एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बस्नेतदेखि पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई र अर्का केन्द्रीय सदस्य सोम मिश्रकोसमेत पूर्ण समर्थन रहेको छ ।

उनी भक्तपुर जिल्ला सचिव हुन् भने पूर्व जिल्ला विकास समितिका सभापतिसमेत बनिसकेका छन् । टोल टोलमा पक्की सडकदेखि अरु थुप्रै पूर्वाधार निर्माणको काममा उल्लेख्य योगदान दिएका उनी कार्यकर्तामाझ अभिभावकको रुपमा परिचित छन् ।

उनीसँगै उनको प्यानलमा बागमती प्रदेशसभा सदस्य किरण थापामगर उपाध्यक्ष बन्ने दौडमा छन् । लोकप्रिय नेता किरण थापासमेत मोहनवीरकै प्यानलबाट उम्मेदवार बन्नु, महेश बस्नेतलगगायत केन्द्रीय स्तरका नेताको समर्थत रहनु र भक्तपुरमा टोलटोलमा विकासका कामहरु गर्नु नै मोहनवीरको प्यानलले बाजी मार्ने आधार रहेको भक्तपुरका कार्यकर्ताहरु बताउँछन् । यो प्यानलबाट सचिवमा सम्भु प्रसाद दाहाल उम्मेदवार बनेका छन् ।

यसअघिको घटनाक्रमलाई नियाल्ने हो भने पनि भक्तपुरमा पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्यूरो सदस्य बस्नेतले जसलाई नेतृत्व दिन चाह्यो उसैले नेतृत्व पाउँदै आएका थिए । नेता बस्नेतले भनेका प्रायः कुरामा सहमति हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस