Latest News

वामदेवलाई हटाएका युवराज सफलले सचिवालयमा तीनजना थपे, गरे यस्ता ४ बुँदे निर्णय

Nepalese Times July 10, 2022 (1 Year ago)    482 Views

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेर संयोजक बनेका युवराज सफलले विभिन्न ४ महत्वपूर्ण निर्णय गरेका छन् ।

शनिबार बसेको अभियानको सचिवालय बैठकले राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल समावेशी पार्टी र कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्धता गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले अन्य समूहसँग वार्ता गर्न युवराज सफलको अध्यक्षतामा ५ सदस्य रहेको वार्ता तथा एकीकरण विभाग गठन गरिएको छ ।

त्यस्तै कम्युनिष्ट एकताको लागि विभिन्न राजनीतिक पार्टीसँग वार्ता गर्न अभियान सचिवालय सदस्य निलकण्ठ पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली बनाइएको छ ।

एकता प्रकृयामा सामेल भएका राजनीतक दल तथा समूहबाट क्रमशः डिबी थापा राष्ट्रिय पुनर्जागरण पार्टीबाट, मोतीलाल भारती नेपाल समावेशी पार्टीबाट र राधाकृष्ण पाण्डे मुक्ति कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानबाट सचिवालय सदस्यमा चयन गर्ने निर्णय पनि गरिएको छ ।

केही दिनअघि सफलले आफूसहितका केही नेतालाई जीउ ज्यानमा सुरक्षा खतरा भएकोले सुरक्षाकर्मी उपलब्ध गराइ पाउँ भनी गृहमन्त्रीसमक्ष निवेदन दिएका थिए ।

आफूहरूसँग बहुमत रहेको भन्दै केही नेताले वामदेवलाई हटाएर युवराज सफललाई संयोजक तोकेको भोलिपल्टै वामदेवले भने युवराज सफलसहित पाँचजनालाई निष्कासन गरेको थियो ।

यस्ता छन् ४ बुँदे निर्णयहरु

१. राष्ट्रिय पुनर्जागरण पार्टी , नेपाल समावेशी पार्टी र कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्धता गराउने निर्णय गरियो । साथै यो सँगै अभियानमा आबद्ध दल ,समुहको संख्या सात पुगेको छ भने अन्य दल ,समुहसँग समेत बार्ता भईरहेको छ ।
२. अभियान संयोजक युवराज सफलको अध्यक्षतामा वार्ता तथा एकीकरण विभाग गठन गरिएको छ ।साथै वार्ता तथा एकीकरण विभागले वार्ता तथा एकीकरण सम्बन्धी सम्पुर्ण कार्य गर्नेछ ।
वार्ता तथा एकीकरण विभाग
युवराज सफल– इन्चार्ज
कृष्ण गोपाल बञ्झरा– सह इन्चार्ज
निलकण्ठ पौडेल– संयोजक ,वार्ता समिति
मिन नाथ देवकोटा– सचिव ,वार्ता समिति
तेज बहादुर कार्की– सदस्य ,वार्ता समिति
३. अभियान सचिवालय सदस्य निलकण्ठ पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरियो । साथै कम्युनिष्ट एकताको लागि विभिन्न राजनीतिक पार्टीसँग वार्ता गर्ने निर्णय समेत गरियो ।
निलकण्ठ पौडेल– संयोजक ,वार्ता समिति
मिननाथ देवकोटा– सचिव ,वार्ता समिति
तेज बहादुर कार्की– सदस्य ,वार्ता समिति
४. एकता प्रकृयामा सामेल भएका राजनीतक दल तथा समुहबाट क्रमश डिबी थापा राष्ट्रिय पुनर्जागरण पार्टीबाट ,मोतिलाल भारती नेपाल समावेशी पार्टीबाट र राधाकृष्ण पाण्डे मुक्ति कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानबाट सचिवालय सदस्यमा चयन गर्ने निर्णय सर्वसम्मत पारित गरियो ।

प्रतिक्रिया दिनुहोस