Latest News

अन्ततः बुढीगंगाको मेयर र उपमेयरमा एमालेले मार्ने भयो बाजी, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times July 10, 2022 (1 Year ago)    780 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।

७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका रंगबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् ।मेयरमा एमालेले ७ सय ८० मतको अग्रता लिएको छ ।

त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७ सय ५३ मत ल्याउनु भएको छ भने कांग्रेसकी रिता शाहीले ३ हजार १ सय ५३ मत ल्याएका छन् । उपप्रमुखमा एमाले ६ सय मतले अगाडि छ ।

अब झण्डै १६ सय मत गणना गर्न बाँकी छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । यी दुवै वडा एमालेको पकड क्षेत्र रहेकाले पनि एमालेको जित सुनिश्चित देखिएको हो ।

बुढीगंगा नगरपालिकाको ८ वटा वडाको मत गणना सम्पन्न भएको छ । अब २ वटा वडाको गणना बाँकी रहेको छ ।

मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् भने वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् ।

====

प्रतिक्रिया दिनुहोस