Latest News

मध्यरातमा केपी ओली सुटुक्क शित्तल निवासमा, राष्ट्रपति भण्डारीसँग के-के कुराकानी भयो ?

Nepalese Times July 10, 2022 (1 Year ago)    405 Views

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

ओली शनिवारको मध्यरातमा शीतल निवास पुगेका हुन् । भेटको विषय भने खुलाइएको छैन । संसदीय चुनावको नयाँ मिति घोषणाको तयारी भइरहेको बेला ओली राष्ट्रपति भण्डारी भेट्न शितल निवास जानुलाई महत्वका साथ हेरिएको छ ।

यसअघि पनि ओलीले पटक–पटक राष्ट्रपति भण्डारीलाई भेट्ने गरेका थिए । केही समयदेखि फेरि वाम एकताको विषयमा बहस चल्न थालेको छ ।

छिमेकी देशले चीनले पनि नेपालमा रहेका कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गराउने प्रयास गरिरहेको छ । तर, एमाले अध्यक्ष ओली अहिले नै कम्युनिष्ट एकताका लागि राजी भइसकेका छैनन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु नेकपा एमालेसँग एकता या कार्यगत एकताका लागि नेकपा एमालेले ढोका खुला नगरेको बताइरहेका छन् ।

कम्युनिष्ट एकताका लागि भन्दै नेता वामदेव गौतमले पनि नेकपा एकता राष्ट्रिय अभियान नै घोषणा रेका छन् । तर, उनले घोषणा गरेको एकता अभियानभित्र केही दिनमै भाँडभैलो मच्चिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वाम एकता आजको अवश्यकता भए पनि ओली तयार नभएसम्म वाम लोकतान्त्रिक गठबन्धन या भनौँ सत्ता गठबन्धन नटुटाउने पक्षमा रहेका छन् ।

वाम शक्तिहरुबीच कार्यगत एकता या पार्टी नै एकता गर्नेबारे राजनीतिक दलका तल्लो तहका नेताहरुसमेत बहसमा उत्रिएका छन् । यसैबारे छलफल गर्न एमाले अध्यक्ष ओली शितल निवास गएको हुन सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस