Latest News

यस्तो माग सम्बोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

Nepalese Times July 9, 2022 (1 Year ago)    357 Views

काठमाडौं ।

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९-८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने भएको छ ।

नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो ।

प्रदेश सरकारले ल्याएको बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने संसदीय दलले निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए ।

कांग्रेसले बैठकले बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने जनाएको छ ।

संसदीय दलको बैठकमा सामाजिक विकासमन्त्रीसमेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, प्रदेशसभा सदस्य डिल्लीराज पन्त, श्यामलाल राना थारूसहितका सात जना सहभागी थिए ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले गत असार १ मा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको रु ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म बजेटमाथि छलफल हुनसकेको छैन ।

माओवादी केन्द्रले आफ्ना सांसद्लाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिए पनि विरोध कायमै छ भने बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ ।

असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि २५ असारसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नसक्दा अनिश्चित बनेको छ ।

 

https://i.ytimg.com/an_webp/cuP7-AZ8hSQ/mqdefault_6s.webp?du=3000&sqp=CPD_pJYG&rs=AOn4CLD2RZfctrNmzqVqbpTcfcCwJqIIrA

 

प्रतिक्रिया दिनुहोस