Latest News

बूढीगंगामा ५० प्रतिशत मत गनेर सकियो, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times July 9, 2022 (1 Year ago)    470 Views

काठमाडौं ।

बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना गर्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ। जारी मतगणनको पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन्। नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५६९ मत मात्र पाएका छन्।

उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ। एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत पुर्‍याएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ। वैशाख ३० मा मतदान भएर पनि धाँधली भएको ठहरसहित असार २३ मा भएको मतदानमा ९ हजार १२८ मत खसेको थियो।

हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९ मा) वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ। यतिबेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ।

कुनै अवरोध नभए ९ हजार १ सय २८ मत खसेको बुढीगंगाको अन्तिम मत परिणाम भोलि विहानसम्म सार्वजनिक हुने कठायतले बताए।बुढीगंगा नगरपालिकामा हालसम्म चार वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

चारै वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर एकमा एमालेका रणबहादुर थापाले ४ सय १६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर थापाले ३ सय ५८ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीका रामबहादुर सिंहले एक मत मात्रै ल्याए । दुई नम्बर वडामा एमालेका पदमबहादुर भण्डारीले ८ सय ३८ मत ल्याएर विजयी भए। कांग्रेसका नरबहादुर थापा २ सय ३५ मत पाउँदा एकीकृत समाजवादीका सगुने थापाले शून्य मत प्राप्त गरे।

वडा नम्बर ९ मा एमालेका मिनबहादुर सिंहले ४ सय ८२ मत ल्याउँदा समाजवादीका भरतबहादुर थापाले २ सय ९३ मत ल्याए।

वडा नम्बर १० मा एमालेका दलबहादुर सावदले ५ सय ४८ मत ल्याएर विजयी हुँदा कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे। राप्रपाका गौरीप्रसाद जोशीले जम्मा दुई मत ल्याए। अहिले वडा नम्बर ३ र ८ को मतगणना चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस