Latest News

देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक, यस्तो छ एजेण्डा

Nepalese Times July 9, 2022 (1 Year ago)    555 Views

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

कांग्रेसका एक नेताले दिएको जानकारी अनुार बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुनेछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थाहरूलाई मान्यता प्रदान गर्ने एजेन्डासमेत रहेको छ ।

कांग्रेसले स्थानीय चुनावको समीक्षा गर्न सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेका छन् ।

बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु सहभागी हुनेछन् ।

१४ औं महाधिवेशनपछि कांग्रेसले कोषाध्यक्ष भने मनोनीत गरेको छैन । यसबारे पनि निर्णय हुन सक्ने कांग्रेसका नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस