Latest News

पत्रकार ऋषी धमलाले पनि संसदीय चुनावमा उम्मेदवारी दिन लागेका हुन् ? दिए यस्तो प्रतिक्रिया (भिडिओसहित)

Nepalese Times July 9, 2022 (1 Year ago)    305 Views

काठमाडौं ।

संचार कर्म छाडेर रवि लामिछाने राजनीतिको मैदानमा होमिसकेका छन् । आसन्न संसदीय चुनावका लागि उनी देश दौडाहमा निस्किसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर उनले देशभर आफ्नो चहल पहल अघि बढाइसकेका छन् ।

यसैक्रममा चर्चित पत्रकार ऋषी धमला पनि राजनीतिमा आउनेबारे चर्चा सुरु भएको छ । संचार कर्ममा लामो समय विताएका उनलाई धेरै राजनीतिक दलहरुले आफ्नो पार्टीबाट उम्मेदवारी दिन अफर गरेका पत्रकार धमला आफैंले खुलासा गरेका छन् ।

एक युटुब च्यानलमा अन्तर्वाता दिँदै उनले आफूलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलबाट उम्मेदवारी दिना आफूलाई प्रस्ताव आईरहेको बताए ।

उनले नेपाली कांग्रेसबाट नेताहरु शेखर कोइराला, रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मालगायत नेताहरुले आफूलाई अब राजनीतिमा आएर चुनाव लड्न प्रस्ताव आएको बताए ।

यस्तै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत आफूलाई संसदीय चुनावमा उम्मेदवार बन्न आग्रह एवम् प्रस्ताव आएको बताए ।

सबै राजनीतिक दलहरुबाट विभिन्न अफरसहितको प्रस्ताव आएको भएपनि आफू भने अहिले नै राजनीतिम होमिने कुरा सम्भव नरहेको धमलाले बताएका छन् । उनले आफूले कुनै पार्टी या स्वतन्त्र रुपमा कहिँ कतैबाट संसदीय दलको चुनावमा उम्मेदवारी नदिने उनले बताए ।

आफू स्वतन्त्र नागरिक भएर बस्न चाहेको भन्दै उनले आफ्नो मूल नीति भनेकै पत्रकारिता भएकोले पत्रकारितालाई छाडेर राजनीतिमा हाम फाल्ने कुरा नरहेको बताए ।

आफ्नो इमान्दारिताका कारण सबै राजनीतिक दलहरुले मन पराएका कारण सबैले विभिन्न अफरसहित प्रस्तावहरु गरिरहेका भन्दै उनले अहिले राजनीतिक मैदानमा आफू नरहेको र पत्रकारिता क्षेत्रमै क्रियाशिल रहने बताए ।

प्रतिक्रिया दिनुहोस