Latest News

यम बुद्धका बुबाआमासँग मेयर बालेनको भेट, के-के भयो कुराकानी ?

Nepalese Times July 9, 2022 (1 Year ago)    394 Views

काठमाडौं ।

लण्डनमा आत्मह’त्या गरेका र्‍यापर अनिल अधिकारी (यमबुद्ध)का अभिभावकसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेट गरेका छन्।

शनिबार मेयर बालेन्द्रले यमबुद्धका बुबा आमासँग भेट गरेका हुन्। काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेटबाट यमबुद्धको सालिक बनाउनका लागि १५ लाख रुपैंया बजेट छुट्याएको थियो। महानगरले बजेट छुट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।

विरोधपछि शनिबार बालेन्द्रले यमबुद्धका अभिभावसँग भेट गरेका हुन्।अभिभावकसँगको भेटमा बालेन्द्रले आफ्नै तलबाट भएपनि यमबुद्धको सालिक बनाउने बताएका छन्।

महानगरको बजेटमा बालेन्द्रले आफू निकटकाको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो। र्‍याप गीत गाउँदा ‘यमबुद्ध’ भनेर चिनिने अनिल अधिकारीले ०७३ सालमा आत्महत्या गरेका थिए।

उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्। उनले लेखेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु, तपाईँहरूको दिन शुभ रहोस् ।’

यमबुद्धको सालिक कुन स्थानमा निर्माण गर्ने भन्ने अझै तय भइसकेको छैन । नेपाली र्‍याप गीतमा खुबै चर्चा कमाएका यमबुद्ध पत्नीसहित लण्डनमा बस्दै आएका थिए । वि.सं. २०७३ साल माघमा उनी लण्डनको साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

यसअघि काठमाडौं महानगरपालिकाले र्‍यापर गायक यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भनिएको थियो । महानगरपालिकाले संशोधनसहित पारित भएको आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको हो ।

महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार यमबुद्धले ‘हिपहप र नेपहप जानरा’मा पुर्‍याएको योगदानको कदर गर्दै सालिक निर्माण गर्न लागिएको भनिएको थियो ।

काठमाडौं महानगरपालिकाको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७९/ ८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्टाएको छ ।

गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात शुक्रबार सर्वसम्मत पास भएको हो । यसअघि उनले यम बुद्धको सालिक बनाउने घोषणा गरेसँगै चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस