Latest News

यम बुद्धको शालिक बनाउने मेयर बालेनकाे निर्णयप्रति विद्यार्थी नेता नरेशले पनि मुख खोले, दिए यस्तो प्रतिक्रिया

Nepalese Times July 9, 2022 (1 Year ago)    608 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय नेता नरेश रेग्मीले यम बुद्धको शालिक बनाउने काठमाडौं महानगरका मेयर बालेन शाहको निर्णयलाई विरोध गरेका छन् ।

सामाजिक संजालमार्फत उनले यमबुद्धको नाममा शालिक होइन बरु मनोचिकित्सा केन्द्र खोल्दा राम्रो हुन्छ हुने सुझाव समेत दिएका छन् । यमबुद्धको नाममा मनोचिकित्सा केन्द्र खोल्दा त्यहाँबाट युवाहरुले आत्महत्याको विरुद्धमा लड्न मनोवैज्ञानिक परामर्श पाउने रेग्मीको तर्क छ ।

गुरु यमबुद्धलाई जसरी पनि सम्मान गर्न खोजिएको हो भने उनको नाममा काठमाडौ महानगरले ‘लागू औषध पुनर्स्थापना केन्द्र’ खोल्दा राम्रो हुने उनले भनेका छन् ।

उनले भनेका छन्, ‘त्यसो गर्दा अलि बढी नकारात्मक हुन्छ भने यमबुद्धको नाममा एउटा ‘हिपहप एन्ड र्याप म्युजिक इन्स्टिच्युट’ खोले भयो । त्यसो गर्दा युवाहरुलाई आधुनिक गीत–संगीततिर आकर्षण बढ्न सक्ने छ । शालिक बनाउनु भन्दा यस प्रकारका सम्मानहरु बढी उत्पादक एवं परिणाममुखी हुन्छन् ।‘

आत्महत्या गर्नु अघि नमोबुद्ध एक अत्यन्त सम्भावना बोकेका र्याप गायक रहेको भन्नेमा कुनै दुइमत नरहेको तर जिन्दगी जिउन सिकाउनु पर्ने आसलाग्दो कलाकारले नै आत्महत्या गरिसकेपछि समाज र युवाहरुले उनीबाट सिक्नै पर्ने कुरा कम रहने रेग्मीको भनाइ छ ।

तनाव झेल्न नसकेर लागू औषधको बाटो रोज्ने र समस्या झेल्न नसकेर आत्महत्या गर्ने कलाकारहरुको शालिकले युवा पुस्तालाई कुनै प्रेरणा दिन नसक्नेसमेत रेग्मीले फेसबुक स्टाटसमा लेखेका छन् ।

यस्तो छ रेग्मीको फेसबुक स्टाटस

प्रिय मेयर बालेन ज्यु,
यमबुद्धको नाममा शालिक होइन बरु `मनोचिकित्सा केन्द्र´ खोल्दा राम्रो हुन्छ जहाँ युवाहरुले आत्महत्याको विरुद्धमा लड्न मनोवैज्ञानिक परामर्श पाउन्।
तपाईंले आफ्नो गुरु यमबुद्धलाई जसरी पनि सम्मान गर्न खोज्नु भएकै हो भने वहाँको नाममा काठमाडौ महानगरले ‘लागू औषध पुनर्स्थापना केन्द्र’ खोल्दा राम्रो हुन्छ जहाँ युवाहरुले लागू औषध विरुद्धको जनचेतना पाउन्।
त्यसो गर्दा अलि बढी नकारात्मक हुन्छ भने यमबुद्धको नाममा एउटा `हिपहप एन्ड र्याप म्युजिक इन्स्टिच्युट´ खोले भयो। त्यसो गर्दा युवाहरुलाई आधुनिक गीत-संगीततिर आकर्षण बढ्न सक्छ। शालिक बनाउनु भन्दा यस प्रकारका सम्मानहरु बढी उत्पादक एवं परिणाममुखी हुन्छन।
आत्महत्या गर्नु अघि यमबुद्ध एक अत्यन्त सम्भावना बोकेका र्याप गायक थिए भन्नेमा कुनै दुइमत छैन तर जिन्दगी जिउन सिकाउनु पर्ने आसलाग्दो कलाकारले नै आत्महत्या गरिसके पछि समाज र युवाहरुले उनीबाट सिक्नै पर्ने कुरा कम छन।
तनाव झेल्न नसकेर लागू औषधको बाटो रोज्ने र समस्या झेल्न नसकेर आत्महत्या गर्ने कलाकारहरुको शालिकले युवा पुस्तालाई कुनै प्रेरणा दिन्न।

प्रतिक्रिया दिनुहोस