Latest News

बुढीगंगाको अर्को वडामा पनि एमाले विजयी (मतपरिणमसहित)

Nepalese Times July 9, 2022 (1 Year ago)    676 Views

कैलाली ।

बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी विजयी भएका हुन् ।

उनले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दलबहादुर थापाले २३५ मतमात्रै प्राप्त गरेका थिए । यसअघि वडा नं १, ९ र १० मा पनि एमाले विजयी भएका छन् ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने ९ मा एमालेकै मीनबहादुर सिंह निर्वाचित भएका छन्। वडा नं। १० मा पनि एमालेका दलबहादुर साउद विजयी भएका छन्।

यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा बुढीगंगा नगरपालिकाको पछिल्लो मत परिणामले उत्साहित भएका छन् ।

उनले बसढीगंगामा भएको स्थानीय चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह एकसाथ हारिरहेका टिप्पणी गरेका छन् ।

वैशाख ३० गतेको निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग भएपछि चुनाव स्थगित गरिएको थियो । स्थगित चुनाव असार २३ गते सम्पन्न भएको छ । चुनावको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले विजयउन्मुख देखिएसँगै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीका दाइ रंगबहादुर खाती बुढीगंगामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार छन् । दाइलाई चुनाव जिताउन महान्यायाधिवक्ताले पदीय दुरुपयोग गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस