Latest News

बुढिगंगामा ८ सय मत गनेर सकियो, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times July 8, 2022 (1 Year ago)    484 Views

बाजुरा ।

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ८ सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ। ८०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ।

यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ। यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।

यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्। बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस