Latest News

यस्तो आयो बुढीगंगा नगरपालिकाको पछिल्लो अपडेट, एमाले उम्मेदवार धेरै मतले अगाडि

Nepalese Times July 8, 2022 (1 Year ago)    771 Views

काठमाडौं ।

बुढीगंगा नगरपालिका वडा नम्बर १० को ४०० गणना हुँदा एमालेले अग्रता जारी राखेको छ ।

एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २०८ मतसहित फराकिलो अग्रता लिएका हुन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रंग खातिले १५८ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमाले उम्मेदवारको २१२ र नेपाली कांग्रेसका उम्मेदवारको १६७ मत छ ।

वडाध्यक्षमा पनि एमाले उम्मेदवार अगाडि छन् । एमालेका डेविड क्षेत्रीले १९९ मत ल्याउँदा कांग्रेसका मोहन बुढाले १७६ मत ल्याएका छन् ।

बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस