Latest News

४ वर्षपछि आफ्नै निर्णयबाट पछि हट्यो सरकार, खुल्यो नयाँ बाटो

Nepalese Times July 8, 2022 (1 Year ago)    404 Views

काठमाडौं ।

संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।

प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । ४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ ? भनेर प्रश्न गरे ।

जवाफ दिँदै गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको बताए ।

त्यसपछि सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गर्‍यो । योसँगै नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएको छ ।

सरकारले फिर्ता भएको नागरिकता सम्बन्धी विधेयक आजै पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठक बसेर आजै विधेयक प्रस्तुत हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

नागरिकताबाट वञ्चित हुनुपरेका सबैलाई समेट्नका लागि यो विधेयक फिर्ता गरिएको भन्दै उनले सरकारले आजै मन्त्रिपरिषद्को बैठकबाट फेरि यो विधेयक प्रस्तुत गर्ने बताए ।

सबै नेपालीलाई नागरिकता प्रदान गर्न सबैको दायित्व भएको बताए। उनले भने, ‘सबै नेपालीलाई नागरिकता प्रदान गर्नु हामी सबैको साझा दायित्व हो। कुनै पनि नागरिक नागरिकताबाट वञ्चीत नहोउन भन्ने हाम्रो उद्देश्य हो। संघीय कानुनबमोजिम लाखौं नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न सकिएको छैन। संविधानले नागरिक मानेको छ। तर संघीय ऐनको आवश्यक छ ।’

नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन पनि नागरिकता विधेयक ल्याउनुपर्ने अवस्था आएको भन्दै उनले नागरिकताको मूल विधेयकलाई सम्मान गरिने बताए ।

विधेयकलाई पास गर्न नसकेका कारण अध्यादेश ल्याउनुपरेको र पछि त्यसले निरन्तरता नपाएको भन्दै उनले विधेयक फेरि सदनमा ल्याऔं भन्ने नै सरकारको मूल ध्येय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस