Latest News

बुढीगंगामा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times July 8, 2022 (1 Year ago)    414 Views

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकको मतगणनाको प्रारम्भिक मत परिणाम आएको छ । पछिल्लो मत परिणाम अनुसार एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिँदा एमालेले अग्रता लिएको छ ।

हालसम्म कुल २०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १०० मत ल्याउँदै पहिलो स्थानमा रहेको हो ।
कांग्रेस ८८ मतका साथ दोस्रो स्थानमा छ ।

उपमेयरमा एमालेका उम्मेदवारलाई ९५ मत प्राप्त कांग्रेसले पनि समान मत पाएको छ ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६.०२ प्रतिशत महिला र ३०.७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस