Latest News

रुम नम्बर २०८ मा प्रेमिकालाई लगेर यस्तो हर्कत गर्ने नेकपा एसका नेता पक्राउ

Nepalese Times July 8, 2022 (1 Year ago)    313 Views

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालको सचिवालय सदस्य टिकाराम नेपाली पक्राउ परेका छन् । काठमाडौंको ठमेलचोकस्थित एक होटलबाट धादिङ्ग घर भएका उनलाई समातिएको हो ।

प्रेमिकासँग कैयन रात बिताएर विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि शुक्रबार उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट पक्राउ गरेको हो । विहीबार राति उनी प्रेमिकासहित उक्त होटलमा पुगेका थिए ।

युवतीले आफूमाथि यौ न जन्य दुव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि नेपाली पक्राउ परेका हुन् ।

उनीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरी बृत्त, सोह्रखुट्टेका इन्स्पेक्टर अमृत बस्नेतले बताए । जाहेरवाली युवती २० वर्षभन्दा माथिकी हुन् । पक्राउ परेका नेपाली एकीकृत समाजवादीको धादिङ जिल्ला कमिटीका सदस्य पनि हुन् ।

विहिबार उनी रुम नम्बर २०८ बुक गरे । उनी पुगेको केहीबेरमा एक युवती पनि पुगिन् । ती युवतीसँग विवाहेत्तरको सम्बन्धमा रहेका टिकरामले विहिबार भने सोचेभन्दा फरक घटना भोग्नु पर्यो ।

सँधै जसो उनीसँग यसरी नै होटलमा रात विताउँदै आएकी थिइन् । तर, विहिबार भने अनौठो घटना भयो । ती युवती आएको केहीबेरमै होटलमा प्रहरीले घेरा हाल्यो ।

साँझ करिब ७ बजेतिर युवतीले प्रहरीलाई बोलाएपछि प्रहरीले नेपालीलाई पक्राउ गर्यो । प्रहरी त्यहाँ पुग्दा होटलको कोठामा भद्रगोल थियो । युवती चिच्याउँदै थिइन् । उनको कपडा च्यातिएको थियो ।

विभिन्न ठूला दलका नेतासँग राम्रै उठबस भएका नेपाली यस्तो अवस्थामा पक्राउ परेपछि पर्यटन क्षेत्रमा तरंग भएको छ । यसअघि नेकपा एमाले निकट पर्यटन मजदुर संगठन हुँदै हाल नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य रहेका नेपाली विवाहित हुन् ।

उनको दुई सन्तान समेत रहेको पाइएको छ । घटना थाहा पाएपछि होटलमा छोरासहित पुगेकी उनकी श्रीमती त्यहीँ बेहोस् भएको होटलका कर्मचारीले बताए ।

अनुसन्धानमा समलग्न प्रहरीका अनुसार नेपाली ती युवतीसँग केही वर्षअघि देखि सम्बन्धमा थिए । उनीहरुबीचको विवाहेत्तरको सम्बन्धमा समेत उतारचढाव आएपछि यस्तो घटना भएको ती अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस