Latest News

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, को कहाँ पुगे ?

Nepalese Times July 6, 2022 (1 Year ago)    342 Views

काठमाडौं ।

नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ ।

यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् ।

त्यस्तै, गृह मन्त्रालयले बढुवा भएका १७ जना डीआईजीको पदस्थापन गरेको छ । प्रदेश–१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरिएको छ ।

डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ ।

चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले डीआईजी पदस्थापनको निर्णय गरेका हुन् ।

डीआईजी वसन्त कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईलाई आईजीपीको सचिवालय, अशोक सिंहलाई विशेष ब्यूरो, दिपक थापा प्रबन्ध निर्देशनालय र दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ ।

उनीहरुलाई आइतबार नै प्रहरी महानिरीक्षक (आइजी) धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस