Latest News

अर्थमन्त्री शर्मा प्रकरणमा कांग्रेस उपसभापति खड्काले पनि खोले मुख

Nepalese Times July 6, 2022 (1 Year ago)    635 Views

काठमाडौं ।

नेपाली कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा संसदीय छानबिन समिति बनाएर टुंगो लगाउनुपर्ने माग गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले आम जनताको समेत चासो बनिसकेपछि यो विषयलाई संसदीय छानबिन समिति बनाएर टुंगो लगाउनुपर्ने बताएका हुन् ।

आज बिहानै फेसबुकमा लेख्दै खड्काले विगतमा पनि संसदीय छानबिनको परम्परा रहेको स्मरण गरेका छन् ।

बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा रहेको उनले बताएका छन् ।

यो विषय निरुपणका लागि ढिला नगर्न भन्दै उनले भने, ‘बरु ढिलो नगरौं संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ ।’

नेपाली कांग्रेसकै महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीलाई राजीनामा दिनुपर्ने माग गरेका छन् । करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सीसीटीभी फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस