Latest News

राप्रपाको सुशासन विभागमा अध्यक्ष लिङ्देनले गरे ७ सदस्य मनोनित (नामावलीसहित)

Nepalese Times July 5, 2022 (1 Year ago)    318 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुशासन विभागमा ७ जना सदस्य मनोनित गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ७ विभागीय सदस्य मनोनित गरेका हुन् ।

विभागका बाँकी ३ सदस्य चाँडै मनोनित गरिने राप्रपाले जनाएको छ । सदस्यहरुमध्ये आज सदस्य सचिवमा प्रकाश सिंह नायक मनोनित भएका छन् ।

यस्तै काठमाडौंका भिमसेन मैनाली, सिन्धुपाल्चोकका अधिवक्ता नानी थापा, काभ्रेपलान्चोकका ईन्जिनियर दिपा थापा, कैलालीका अधिवक्ता महेन्द्र ब. शाही, मोराङका गोपाल कार्की र धनुषाका श्रवण झा मनोनित भएका छन् ।

==

===

==

====

प्रतिक्रिया दिनुहोस