Latest News

अन्ततः बाबुराम भट्टराई फर्किने भए पुरानै घर, विद्यार्थी नेता श्रेष्ठले गरे मितिसहित यस्तो खुलासा

Nepalese Times July 5, 2022 (1 Year ago)    319 Views

काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संघ समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आउने ३० गतेदेखि नयाँ शक्ति जुर्मुएर आउने दाबी गरेका छन् ।

सामाजिक संजालमार्फत उनले ३० गते देखि देशमा नयाँ शक्ति जुर्मुराएर आउने र नयाँ ढंगले राजनीति सुरु हुने बताएका हुन् ।

जसपा फुटको संघारमा पुगेपछि डा. बाबुराम भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले असार २९ र ३० गते छुट्टा छुट्टै भेला बोलाएका छन् ।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “३० गते देखि देशमा नयाँ शक्ति जुर्मुराएर आउँछ । अहिलेसम्मको भोगाई र सिकाईले परिस्कृत भएर आउँछ ।

लामो समयदेखि आन्तरिक विवादमा रहेका जसपा फुट्ने निश्चित छ। पार्टीभित्र उपेन्द्र यादवले एकलौटी रुपमा काम गरेको भन्दै भट्टराई पक्षले असन्तुष्टि जनाउँदै आएका थिए।

पटकपटक छलफलमा जुटे पनि जसपाले आन्तरिक विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुट्ने निश्चित भएको छ । आउने छलफलबाट भट्टराई पक्ष जसपाबाट अलग भएर नयाँ शक्ति पार्टीमा अर्थात् पुरानै घरमा फर्किने भएका छन् ।

प्रतिक्रिया दिनुहोस