Latest News

मन्त्रिपरिषद् बैठकः निर्वाचनको मिति सिफारिशदेखि नागरिकता विद्येयक अघि बढाउनेसम्म !

Nepalese Times July 5, 2022 (1 Year ago)    391 Views

काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको छ ।

आजको बैठकमा संघीय संसद्को निर्वाचनको मिति सिफारिश गर्नेबारे छलफल हुने बताईएको छ ।

यसअघि निर्वाचन आयोगले मिति सिफारिश गर्नको लागि प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो । आजपनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रधानमन्त्री देउवासँग छलफल गर्न खोजेका थिए ।

तर, प्रधानमन्त्री देउवाले निर्वाचनको मितिबारे क्याविनेटमा नै पहिले छलफल गर्ने र त्यसपछि भेटवार्ता गर्ने जवाफ दिएका थिए । त्यस्तै, आजको बैठकमा नागरिकता विद्येयक अघि बढाउनेबारे पनि छलफल हुने बुझिएको छ ।

यस्तै आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको विषयमा पनि छलफल हुनेछ । बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै अर्थमन्त्री शर्मालाई हटाउन चौतर्फी दबाब परिरहेहो ।

बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै अर्थमन्त्री शर्मालाई हटाउन चौतर्फी दबाब परिरहेको समयमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक राखेका हुन् । त्यसपछि गठबन्धनका शीर्ष नेताहरु भेट हुने कार्यक्रम छ ।

====

प्रतिक्रिया दिनुहोस