Latest News

गुलावजंगसँगको टिकटक काण्डबारे टीका ओलीले पनि दिइन् यस्तो प्रतिक्रिया

Nepalese Times July 5, 2022 (1 Year ago)    380 Views

काठमाडौं ।

काठमाडौं । कर्णाली प्रदेश सांसद गुलाबजंग शाहसँगको टिकटकले चर्चामा आएकी सल्यानकी एमाले जिल्ला नेतृ टीका वलीले पनि आफ्नो जवाफ सार्वजनिक गरेकी छिन् ।

उनले पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएकी छन् । प्रविधिको दुरुपयोग गर्दै फेक भिडिओ बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।

उक्त टिकटक आफूले श्रीमान्‌सँग बनाएको तर कसैले एडिट गर्दै गुलाबजंगको टाउको जोडिदिएको उनले बताएकी छिन् । साथै आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको उनले गुनासो गरिन् ।

आफ्नो पार्टीको आदरणीय नेतालाई जोडेर चरित्र हत्या गर्ने उद्देश्यका साथ भिडिओ सार्वजनिक गर्नु सरासर गलत भएको भन्दै उनले आफूहरुबीच कुनै नराम्रो सम्बन्ध नरहेको बताइन् ।

उनले भाइरल भइसकेपछि श्रीमान्‌सँग बनाएको पुरानो टिकटक खोज्दा नभेटेकोसमेत बताएकी छिन् । उनले भनिन्, ‘मेरो पुरानो टिकटक सबै डिलिट गरिएछ । साथै, मैले बनाएका सबै टिकटक फेसबुकको स्टोरीमा हाल्ने गर्थेँ । अहिले हेर्दा फेसबुकमा पनि भेटिनँ ।’

स्टोरीबाट हटेको टिकटक कसरी खोज्न सकिन्छ भनेर वलीले पत्रकारसँग सहयोग मागेकी थिइन् । आफ्नो राजनीतिक र पारिवारिक जीवन सिध्याउनका लागि षडयन्त्र रचिएको वलीले आरोप लगाइन् ।

मान्छे पत्ता लगाएर साइबर केस हाल्ने भन्दै उनले आफू अब अदालतमा जाने बताइन् । यद्यपि, आफूलाई कसैप्रति शंका नरहेको उनको भनाइ छ । भाइरल भएको भिडिओ हेरेर परिवार पनि अचम्ममा परेको उनले बताइन् ।

उनले गुलाबजंगलाई पार्टीको नेता भएको हिसाबले आफूले आदर र सम्मान गर्ने पनि बताइन् । आफू आफ्नो तरिकाले परिवार चलाउँदै पढाइ अघि बढाउँदै आइरहेको भन्दै उनले राजनीतिमा भर्खरै आएको तर, आफ्नो राजनीतिक र पारिवारिक जीवनमा दाग लगाउन खोजिएको बताए ।

टिकटक भिडिओ भाइरल भएपछि प्रदेश सांसद गुलाबजंग शाहले पनि प्रतिक्रिया दिएका छन् । उनले सामाजिक संजालको दुरुपयोग गरेर भडिओ सार्वजनिक गरिएको र नकारात्मक ढंगले प्रस्तुत भएको बताए । पत्रकारहरुसँग कुरा गर्दै उनले भिडिओ सार्वजनिक भएपछि आफू अन्यायमा परेको बताए ।

 

प्रतिक्रिया दिनुहोस