Latest News

अर्थमन्त्री शर्माको अर्को काण्ड बाहिरियो, स्विस बैंकमा तीन अर्ब लुकाउने बहालवाला सीइओसँग मिलेमतो !

Nepalese Times July 5, 2022 (1 Year ago)    597 Views

काठमाडौँ । नेपालबाट लगेर स्विस बैंकमा तीन अर्ब रुपैयाँ कालोधन लुकाउने वाणिज्य बैंकका एक जना प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई अर्थ मन्त्रालयले छानबिन नै नगरी संरक्षण गर्दै आएको छ ।ती सीईओले बैंकमा कार्यरत रहँदा नै केही वर्षअघि अबौँ रुपैयाँ घुस खाएका थिए ।

सोही घुसको रकममध्येको केही रकम नेपालमै कालोधन धुलाउने कारखानाका रुपमा सञ्चालित व्यापारिक प्रतिष्ठानमा आफन्तको नाममा लगानी गरेको र बाँकी रहेको तीन अर्बभन्दा बढी रकम स्विट्जरल्यान्डमा रहेको स्विस बैंकमा लगेर राखेका थिए ।

उनले सोही बैंकमा कार्यरत कर्मचारीको सहयोगमा उक्त रकम स्विस बैंकमा पु¥याएका हुन् । ती सीईओले स्विस बैंकमा तीन अर्ब रुपैयाँ कालोधन लुकाएको समाचार यसअघि नै प्रकाशनमा आएको थियो । उक्त काण्ड मैदानमा पुग्नुअघि नै नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई जानकारी रहेको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यसअघि त्यहीँ डेपुटी गभर्नर थिए । त्यसअघि पनि उनी नेपाल राष्ट्र बैंकका कर्मचारी नै थिए । ती सीईओले बैंकमै काम गरेर जम्मा गरेको घुसमध्येको तीन अर्ब रुपैयाँ स्विस बैंकमा लगेर राखेको कुरा उनलाई पनि थाहा नभएको होइन तर उनीलगायत सिंगो राष्ट्र बैंक प्रशासन ती सीईओले स्विस बैंकमा कालोधन लुकाएको कुरालाई छानबिन गर्न त परै जाओस् सुन्न पनि तयार देखिँदैनन् ।

सरकार फेरिएर अर्थ मन्त्रालयमा नेतृत्व परिवर्तन भएपछि आफूलाई अनियमितता, भ्रष्टाचार र घुसखोरीको कट्टर विरोधी देखाउन चाहने माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले उक्त काण्डको छानबिन गरेर दोषी सीईओको कालोधन जफत गरी कारबाही गर्ने जानकारहरुले अपेक्षा गरेका थिए ।

तर दिन बित्दै जाँदा महिनौँसम्म पनि अर्थ मन्त्रालयले उक्त विषयमा चासो नै नदेखाउनुले कालोधन थुपार्ने सीईओसँग सौदावाजी भएको आशंका गर्न थालिएको छ ।

अर्थमन्त्री शर्माले चर्को नारा दिएर सबैको ध्यान आकृष्ट गरेर सस्तो लोकप्रियता कमाउने र आफ्ना नातेदार तथा आसेपासेलाई वजारमा छाडेर मालदार व्यक्तिहरुसँग सहमति गरेर असुली गर्न माहिर रहेको बजार हल्लालाई यो प्रसंगले पनि आशंकाको घेरा नजिक पु¥याएको छ । आर्थिक दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस