Latest News

प्रचण्डलाई उपाध्यक्ष नरेश रेग्मीको प्रश्नः ‘कमरेड’ परिवारवादले पार्टी चल्दैन, त्यस्तो बढि योगदान के छ ?

Nepalese Times July 4, 2022 (1 Year ago)    533 Views

काठमाडौं ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोरी ज्वाइँलाई केन्द्रीय सदस्य बनाएकोमा आपत्ति जनाएका छन ।

सामाजिक सञ्जाल फेसबुक मार्फत रेग्मीले प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्य मनोनित गरेकोमा आपत्ति जनाएका हुन् ।

छोरी ज्वाइँलाई केन्द्रीय सदस्य बनाउने प्रचण्डको कदमलाई उनले नातावाद र परिवारवाद भनेका छन । र, योग्यता नहुँदा पनि नातावादकै कारण जिम्मेवारी दिएको टिप्पणी गरेका छन ।

उनले के का आधारमा उनीहरुलाई जिम्मेवारी दिइएको हो भनेर पनि प्रचण्डलाई प्रश्न सोधेका छन ।

उनले लेखेका छन्, – ‘अध्यक्ष कमरेड, तपाईंका हरेक परिवार सदस्यहरु केन्द्रीय समितिमा पर्नको लागि वहाँहरुको पार्टीका अन्य दावेदार साथीहरु भन्दा कुन योगदान वा कुन योग्यता बढी हो ?

प्रचण्डको परिवारका हरेक सदस्य केन्द्रीय समितिमा परेको भन्दै उनले चर्को असन्तुष्टि जनाएका छन । उनले यो प्रश्न उठाउँदा आफूलाई नुबझेको भनेर नभन्न पनि सचेत गरएका छन ।

उनले लेखेका छन्, ‘परिवारको सदस्यलाई पनि महत्त्वपूर्ण जिम्मेवारी दिन पाइन्छ यदि उसको योगदान पार्टीमा अरु दावेदार भन्दा बढी छ भने। आफन्तलाई पनि नियुक्ति दिन पाइन्छ यदि उक्त पदको लागि उसको योग्यता अरु आकांक्षी भन्दा बढी छ भने।’

रेग्मी लेख्छन– आफ्नो नातेदारलाई जिम्मेवारी दिदैमा नातावादरपरिवाद भैहाल्ने होइन कमरेड। हामीले यत्ती पनि नबुझेर प्रश्न गरेको होइन। नातावाद तब हुन्छ जब कम योगदान भएको वा कम योग्यता भएको व्यक्तीले नातेदार भएकै आधारमा योगदान र क्षमता भन्दा बढी जिम्मेवारी पाउँछ।’

महाधिवेशनमै प्रचण्डले छोरी ज्वाइँलाई केन्द्रीय समितिमा लैजान कोशिस गरेपनि विरोधका कारण पछि हटेका थिए, तर अहिले मनोनित गरेर शपथ समेत गराईसकेका छन । उनीहरु केन्द्रीय समितिमा परेको कुरा शपथका बेला मात्रै थाहा पाइएको भन्दै कतिपय नेताले आश्चर्य व्यक्त गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस