Latest News

नेपालमा पहिलो पटक भेटियो कोरोनाको अर्को नयाँ भेरियन्टको प्रजाति, के छ सरकारको तयारी ?

Nepalese Times July 4, 2022 (1 Year ago)    294 Views

काठमाडौं ।

काठमाण्डाै – नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अणुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको हो । यो नयाँ देखिएको सङ्क्रमण ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘BA5U’ भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताएका छन् ।

ओमिक्रोनको अरू भेरियन्ट भन्दा पनि यो बढी सङ्क्रामक भएको विज्ञहरूले बताउँदै आएका छन् । तर यो भेरियन्टका कारण अस्पतालमा भर्ना हुने र ज्यान गुमाउन सक्ने जोखिम भने धेरै नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।

कोरोनाको यो भेरियन्टबाट जोगिनका लागि पनि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, बेला–बेला साबुनपानीने हात धुने र भौतिक दुरी कायम गर्नुरहेको टेकुका निर्देशक डा. रुना झाले जानकारी दिए।

नयाँ प्रजातिको यो भेरियन्ट नियन्त्रणका लागि सरकारले परीक्षण किटदेखि अस्पताल, स्वास्थ्यकर्मी सबै तयारी अवस्थामा राखेको डा. झाकाे भनाइ छ ।

नेपालमा यस भन्दाअघि ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमुनाको जिन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ ।

निर्देशक चुमनलाल दासले एक/दुई दिनमा काठमाण्डाैमा गरिएको जिन सिक्वेन्सिङबारे थाहा हुने बताउनुभयो । नेपालका केही दिनयता यसको सङ्क्रमण दर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस