Latest News

मन्त्री नियुक्त भएको केही घण्टामै मृगेन्द्रलाई लाग्यो झट्का, यस्तो प्रमाण सार्वजनिक भएपछि खैलाबैला

Nepalese Times July 4, 2022 (1 Year ago)    558 Views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो ।

कृषि मन्त्री मृगेन्द्र कुमारलाई भने नियुक्त भएको केही घण्टामा नै झट्का लागेको छ । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको प्रावधानविपरीत मन्त्री बनाएको भन्दै विरोध सुरु भएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको कार्यकालभर मन्त्री बनाउन नपाइने कुरा संविधानमा उल्लेख गरिएको छ ।

यादव संविधानको धारा ७८ (१) बमोजिम मन्त्री नियुक्त भएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति धारा ७८ (१०) बाट मन्त्री बन्न नसक्ने संविधानमा उल्लेख गरिएको छ ।

संविधानको धारा ७८ (१) मा गैरसांसदलाई मन्त्री बनाउन मिल्ने प्रावधान छ । तर, सोही धाराको उपधारा ४ ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई उपधारा १ बमोजिम मन्त्री बनाउन नमिल्ने भनिएको छ ।

सोमवार मन्त्री नियुक्त भएका ३ मध्ये २ जना मोहम्मद इस्तियाक राई र प्रदीप यादव प्रतिनिधि सभाका बहालवाला सदस्य हुन् । उनीहरू संविधानको धारा ७६ (९) अनुसार नै मन्त्री बन्न सक्छन् ।

संविधानको धारा ७६ को (९) मा संघीय संसदको सदस्य मन्त्री बन्न सक्ने उल्लेख भए पनि उनको नियुक्तिमा जुन धारा कोट गरिएको छ, त्यस धाराबाट उनी मन्त्री बन्नै नसक्ने देखिन्छ ।

यादव साविक राष्ट्रिय जनता पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस