Latest News

मन्त्री पद चैट भएसँगै पार्टी परित्याग गर्ने तयारीमा रेणु यादव, कुन पार्टी प्रवेश गर्दै ?

Nepalese Times July 4, 2022 (1 Year ago)    554 Views

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरू हेरफेर गरेसँगै पार्टीभित्रको विवाद थप छताछुल्ल भएको छ ।

भौतिक तथा पूर्वाधार मन्त्रीबाट फिर्ता बोलाए पछि जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले मन्त्री हेरफेरको प्रक्रिया प्रति असन्तुष्टि जनाएकी हुन् ।

आफूलाई पार्टीले फिर्ता बोलाएसँगै उनले अब आफू पार्टीबाट राजीनामा दिने मनस्थितिमा पुगिसकेको आफू निकटका नेताहरुलाई बताउन थालेकी छिन् ।

यादवले आफ्ना निकट नेताहरूसँग छलफलमा सो कुरा राखेको ती नेताले बताए । छलफलबाट आउने निष्कर्षबाट उनले आगामी कदम चाल्ने बताइएको छ ।

उनको असन्तुष्टि मन्त्रीबाट हटाउनेमा भन्दा पनि एक जनालाई यथावत् राख्नेमा रहेको तीन नेताको भनाइ छ ।

कार्यकारिणी समितिको बैठकमा छलफल हुँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ चारजनालाई पठाउने निर्णय भएको थियो । तर अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय विपरीत सो कार्य गरेको यादवको गुनासो रहेको छ ।

‘पार्टीमा अरू पनि सांसद छन्, महिलाहरू छन् । उनीहरूमध्ये पनि केही एक जनालाई मन्त्री बनाए हुन्थ्यो । राजेन्द्र श्रेष्ठ नै मन्त्रीमा किन दोहोरिनुपर्‍यो ?,’ यादवको प्रश्न छ । एकजना महिलालाई हटाएर अर्को महिला पठाउनु पर्नेमा त्यसमा पनि पार्टी नेतृत्व चुकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस