Latest News

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमय दर

Nepalese Times July 4, 2022 (1 Year ago)    599 Views

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सोमवारको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा कायम भएको छ।

यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा पुगेको थियो।

युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २२ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४० पैसा पाइन्छ।

कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६१ तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७९ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आज २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ३७ पैसा तोकिएको छ। बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३६ रुपैयाँ २७ पैसा कामय गरिएको छ।

प्रतिक्रिया दिनुहोस