Latest News

कुलमान घिसिङ यस्तो एक्सनमा उत्रिएपछि क–कसलाई हुने भयो तनाव ?

Nepalese Times July 2, 2022 (1 Year ago)    412 Views

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो ।

इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै घिसिङले भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गर्ने तयारी थाल्न सेवा प्रदायकलाई आग्रह गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने बताए ।

६ महिनादेखि १ वर्षभित्र विद्युतका पोल हटाउने भन्दै उनले त्यसपछि गम्भीर समस्या आउनसक्ने र प्राधिकरणले भूमिगत लाइनसँगै बिछ्याइएको फाइबर प्रयोग गरेर सेवा दिन सक्ने बताए ।

उनले विद्युत् पोल भाडाबारे थप विवाद गर्न नहुने भन्दै सबै मिलेर समस्याको समाधान गर्नुपर्ने भन्दै घिसिङले सेवा प्रदायकसँग बसेर भाडा विषयमा उत्पन्न विवाद सुल्झाउन प्राधिरकण तयार रहेको बताए ।

घिसिङले अब विद्युत् प्राधिरकण दूरसञ्चार पूर्वाधार कम्पनीको लाइसेन्स लिन पनि तयार भएको बताए । त्यसका लागि तयारी भइरहेको भन्दै उनले आफूहरुको लागि दूरसञ्चार सेवाको पूर्वाधारको व्यापार ज्यादै न्यून हिस्सा मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस