Latest News

डलरको भाउ अहिलेसम्मकै महंगो, आज कतिले बढ्यो ?

Nepalese Times July 2, 2022 (1 Year ago)    579 Views

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार डलरको भाउ आज पनि बढेको छ । हिजो शुक्रबार १ डलरको भाउ खरिद दर १२६ रुपैयाँ ०६ पैसा र विक्रिदर १ सय २६ रुपैयाँ ६६ पैसा रहेको थियो ।

आज शनिवार भने अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ १६ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ। यो हिजोको तुलनामा १२ पैसा बढि हो ।

यस्तै नेपाल राष्ट्र बैंकले तोकेको मूल्य अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १३१ रुपैयाँ ९०पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ५३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस