Latest News

दक्षिण कोरियामा १३ नेपाली समातिए, नेपाल फर्काउने तयारी

Nepalese Times July 1, 2022 (1 Year ago)    514 Views

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

त्यस्तै, दक्षिण कोरियाली सरकारले कोरियामा काम गर्नेहरुको तलब बढाएको छ। बुधबार बसेको ज्याला निर्धारण समितीको बैठकले २०२३ को न्यूनतम तलब प्रतिघण्टा ९ हजार ६ सय २० वन पुर्याएको छ।

कोरिया मा मजदुर को न्युनतम ज्याला अहिलेको ९१६० वनमा प्रति घण्टा मा ४६० वन बृद्धि भएर ९६२० वन प्रति घण्टा यानी कि ५% बढिले बृद्धी भएको हो । २०९ घण्टा महिनामा काम गर्ने मजदुर ले महिना को न्युनतम ज्याला २० लाख १० हजार ५८० वन प्राप्त गर्ने छन ।

यो रकम गत बर्षको भन्दा ५ प्रतिशतले बढेको हो। अब कोरियामा काम गर्ने कामदारले मासिक न्युनतम २० लाख १० हजार ५ सय ८० वन आम्दानी गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस