Latest News

फेरि बढ्ने भयो पेट्रोलको मूल्य, आयल निगमले रच्यो यस्तो नाटक

Nepalese Times June 29, 2022 (1 Year ago)    673 Views

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी थालेको छ । त्यसका लागि जनताको सेन्टिमेन्ट बटुल्न निगमले नौटंकी सुरु गरेको छ ।

लामो समयदेखि घाटा ब्यहोरेको भन्दै निगम आफै टाट पल्टिएको भन्दै बहना गरिरहेको छ । उसले भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेकाले निगम टाट पल्टिएको बताएको हो ।

आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने तयारी गरेको उसको भनाई छ । त्यसका लागि निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ।

अहिले बैंकहरुले ऋण दिन छोडेको महिनौँ भइसकेको छ । तर निगमले मूल्य बृद्धि गर्न ऋणको बहाना बनाई नौटंकी गरेको छ ।

निगमले आफ्नो चुहावट व्यवस्थापन गरे मात्रै पनि अर्बौ आम्दानी गर्न सक्छ । तर हुँदै नभएको चुहावट देखाएर लुटको धन्दा चलाउँदै कम्पनी घाटाको नाटक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस