Latest News

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा LIVE

Nepalese Times May 29, 2022 (1 Year ago)    743 Views

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

यस वर्षको बजेट आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बजेटको रूपमा प्रस्तुत गरिएको अर्थमन्त्री शर्माले बताएका छन्।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।

आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरिरहेको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आइतबार बजेट प्रस्तुत गरिरहेका हुन्।

सरकारले यसपटक भएको बेमौसमी वर्षाको कारण धानवालीमा र पुर्वाधारमा पुर्‍याएको क्षतिको कारण आर्थिक वृद्धि लक्ष्य अनुसार नभएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। चालु आवमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने बताइएको छ।

सरकारले आगामी आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस