Latest News

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन, थप विवरण आउन बाँकी

Nepalese Times May 29, 2022 (1 Year ago)    616 Views

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ। आइतबार बिहान तारा एयरको जहाज जोमसोमका लागि उडेको थियो।

सम्पर्कबिहीन भएको जहाजबारे खोजबिन सुरु भएको छ। जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ। थप समाचार आउन बाँकी छ।

गएको वर्ष निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र तारा एअर विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा राखिएको थियो ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा परेको हो ।

नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) रेकर्डहरु अपेक्षा गरिएभन्दा धेरै नराम्रो छ । सुरक्षाका दृष्टिकोणले नेपाल एयरलाइन्सले एउटा मात्रै ‘स्टार’ पाएको छ ।

विमान कम्पनी तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ ।

यसका ८ वटा एयरक्राफ्ट (विमानहरु)ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।

फोर्ब्सले नेपालको तारा एयरलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीहरुको सूचीमा पहिलो नम्बरमा राखेको छ भने नेपाल एयरलाई दोस्रो नम्बरमा राखेको छ ।

तारा र नेपाल एयरलाइन्सपछि एरियाना अफगान एयरलाइन्स, दक्षिण अमेरिकी राष्ट्र सुनामको ब्लु विङ्स एयरलाइन्स, अफगानिस्तानकै काम एयरलाइन्स, इन्डोनेसियाको ट्रिगाना एयर, कजाकिस्तानको एससीएटी एयरलाइन्सलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस