Latest News

प्रचण्ड बुहारी बीनाको निर्वाचन क्षेत्रमा कांग्रेसको प्यानलै विजयी, कसले कति मत पाए ?

Nepalese Times May 14, 2022 (2 Year ago)    2991 Views

काठमाडौं । सुदूरपश्चिममा शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

यो वडाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका हर्क नारायण जोशीको प्यानल विजयी भएका छन्। जोशी ४ सय ६४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवारले ३ सय ४९ र एमालेका उम्मेदवारले २ सय ६६ मत ल्याएका छन्।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसको अग्रता छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवारले ४ सय ३८ मत ल्याएका छन् भने माओवादीले ३ सय ३३ र नेकपा एमालेले २ सय ९३ मत प्राप्त गरेका छन्

यस्तै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

वडा नम्बर १ को सुरुवाती ४ सय ५ मत गणना हुँदा कांग्रेसका मेयर उम्मदवारले १ सय ९० मत प्राप्त गरेका छन्। उपमेयरमा पनि कांग्रेसै अघि छ। उपमेयरका उम्मेदवारले १ सय ९४ मत प्राप्त गरेका छन्।

यस्तै एमाले र कांग्रेस (बीपी) को गठबन्धनका उम्मेदवार कांग्रेस भन्दा पछाडी देखिएका छन्। मेयरमा कांग्रेस बीपीका उम्मेदवारले १ सय ६१ प्राप्त गरेका छन् भने उपमेयरले १ सय ६२ मत प्राप्त गरेका छन्।

त्यस्तै रोल्पाको माडी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले–कांग्रस गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्।अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार भन्दा पछि भएपनि उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्।

गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका विजयकुमार घर्ती मगरले ४ सय १६ मत प्राप्त गरेका छन्।माओवादी केन्द्रका उम्मदेवार अमरसिंह घर्ती मगर यहाँ गठबन्धनका उम्मेदवार भन्दा ८ मतले पछि छन् । उनले ४ सय ८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी जयपुरी घर्तीले ४ सय १२ मत सहित अग्रता हासिल गरेकी छन् । उनलाई कांग्रेस–एमाले गठबन्धनका गठबन्धनका उम्मेदवारले ३ सय ७४ मतसहित पछ्याइरहेका छन्। स्मरणीय छ, माओवादी केन्द्रका नेता वर्षमान पुनको गाउँ माडीचौर यहीँ गाउँपालिकामा पर्छ।

प्रतिक्रिया दिनुहोस