Latest News

कांग्रेसले हालसम्म यी २० ठाउँमा चुनाव जित्यो, कहाँ-कसले मारे बाजी ?

Nepalese Times May 14, 2022 (2 Year ago)    1544 Views

काठमाडौं । महेन्द्रनगरको लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।

वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा २ को वडाध्यक्षमा काङ्ग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन। वडामा काङ्ग्रेसले प्यानलै जितेको हो।मेयरमा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले हालसम्म २० वटा वडाध्यक्ष जितेको छ । प्राप्त विवरणअनुसार कांग्रेसले मनाङ, मुस्ताङ, नुवाकोटलगायतका जिल्लामा गरी २० वटा वडाध्यक्षमा जितेकाे हो । म्यागङ गाउँपालिका- १ मा जिमाबहादुर तामाङ ९४ ल्याएर विजयी भएका छन् । चामे गाउँपालिका- २ मा विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै चामे- ३ मा लोप्साङ लामा ८८ मतका साथ विजयी भएका छन् । आशबहादुर थकाली, घरपझोङ गाउँपालिका-१, मनबहादुर हिराचन घरपझोङ गाउँपालिका-२ र पेमा आङग्या गुरुङ लोमन्थाङ गाउँपालिका-१ बाट निर्वाचित भएका छन् ।

यस्तो छ अन्य वडाअध्यक्षको सूची

मंगल देव गुरुङ् चामे गाउँपालिका-४, फूर्पा ठेले लामा नारफू गाउँपालिका-१, थुतेन लामा नाशोङ गाउँपालिका-५, पुष्पबहादुर गुरुङ नाशोङ गाउँपालिका-६, ओमबहादुर गुरुङ नाशोङ गाउँपालिका-७, राजु झाँक्री काईके गाउँपालिका-४, नरेन्द्र रोकाया काईके गाउँपालिका-६, टसी छोयल गुरुङ छार्का ताङसोङ गाउँपालिका-२,

कार्मा तेन्जिन गुरुङ छार्का ताङसोङ गाउँपालिका-६ विष्णुप्रसाद वोहोरा डोल्पो बुद्ध गाउँपालिका-२, कोन्छोक ग्याल्छेन गुरुङ डोल्पो बुद्ध गाउँपालिका-५, रंगमति शाही खार्पुनाथ गाउँपालिका-४,गोर्ख लामा सिमकोट गाउँपालिका-१, प्रताप लामा सिमकोट गाउँपालिका-४

प्रतिक्रिया दिनुहोस