Latest News

भक्तपुरमा कांग्रेसको अग्रता, अहिलेसम्मत कसको मत कति ?

Nepalese Times May 14, 2022 (2 Year ago)    2309 Views

काठमाडां । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मतगणना सुरु भएको छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

मेयरका उम्मेदवार काँग्रेसका सुरेन्द्र श्रेष्‍ठले २१७ मत पाएका छन् भने एमालेका मदन सुन्दर श्रेष्‍ठले १४९ मत पाएका छन् । उपमेयरमा एमालेका १७२ र माओवादीका विजय कृष्ण श्रेष्‍ठले १५२ मत पाएका छन् ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा (एमाले) सहित विभिन्न दलले उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको निर्वाचनमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा जीत हासिल गरेको एमालेले यस वर्ष उम्मेदवार दोहोर्‍याएको छ।

एमालेबाट सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई, मध्यपुरथिमि नगरप्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाल, चाँगुनारायण नगरपालिका प्रमुखमा विना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी, भक्तपुर नगरपालिकाको प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपप्रमुखमा रञ्जना खर्बुजाको उम्मेदवारी रहेको छ ।

सूर्यविनायकका थापा, मध्यपुरका श्रेष्ठले यस पटक पनि प्रमुखमा दोहोर्‍याएर उम्मेदवारी दिएका हुन् भने चाँगुनारायणमा उपप्रमुख बास्तोलाले प्रमुखमा उम्मेदवारी दिएकी छन्।

भक्तपुरमा सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ। कांग्रेससँग सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) ले पालिकाहरूमा गठबन्धनबाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए।

गठबन्धन तोडिएपछि नेपाली कांग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा कांग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा कांग्रेसबाट निशान ढुंगेल, उपप्रमुखमा एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसीभक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदीप राई र उपप्रमुखमा पवित्रा चौलागाईं र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीले पनि यसपालि भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार दोहोर्याएको छ । नेमकिपाबाट भक्तपुरको प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीले उम्मेदवारी दर्ता गराएका नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिए।

त्यस्तै सूर्यविनायक प्रमुखमा श्याम बिशंखे र उपप्रमुखमा चनमति खुलीमुली, चाँगुनारायणको प्रमुखमा केशव तिमिल्सिना, उपप्रमुखमा कल्पना लामा र मध्यपुरथिमिको प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाडे उम्मेदवार रहेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रवीन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्की, भक्तपुर नगरको प्रमुखमा बद्री लाखाजु, उपप्रमुखमा लक्ष्मी छुस्याबाग, मध्यपुरथिमिको प्रमुखमा भुवन बागश्रेष्ठ, उपप्रमुखमा शान्ति श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण ढुंगेलले उम्मेदवारी दिएका छन् ।

जिल्लाका चार पालिकाको ३८ वटा वडामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा र राप्रपाले सबै पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस