Latest News

एमाले ज्वालामुखी–६ ले भन्यो, ‘कांग्रेससँग साँठगाँठ भएको छैन, अफवाह फैलाईयो’ (विज्ञप्तिसहित)

Nepalese Times May 12, 2022 (2 Year ago)    982 Views

काठमाडौं । नेकपा एमालेको ज्वालामुखी गाउँपालिका वटा नम्बर ६ कमिटिले आफ्ना उम्मेदवारविरुद्ध अनावश्यक अफवाह फैल्याएको भन्दै आपत्ति जनाएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा मौन अवधि सुरु भइसक्दासमेत आफ्ना वडा अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध बदनाम गर्ने नियतले अफवाह फैलाउने काम भएको नेकपा एमाले ज्वालामुखी ६ का वडा कमिटी अध्यक्ष अर्जुन प्रसाद खनालले बताए ।

उनले विज्ञप्तिमार्फत नेकपा एमालेका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको जित सुनिश्चित भइसकेको अवस्थामा विपक्षी पार्टीबाट विभिन्न अफवाह फैल्याउने काम भएको र त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

विपक्षी पार्टी र सो पार्टीका जिम्मेवार व्यक्तिहरुबाट गैर–राजनीतिक गतिविधि संचालन भइरहेको भन्दै विज्ञप्तिमार्फत अध्यक्ष खनालले यसको पछि नलाग्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मतदानको पूर्वसन्ध्यामा नेकपा एमाले र नेपाली कांग्रेसको साँठगाँठ रहेको अपवाह कुनै आमुक पार्टीले आफ्नो स्वार्थ पूर्ती गर्न फैल्याएको हल्ला हो । नेकपा एमाले आफ्ना मतदाता र सूर्य चिन्हप्रति सदैव प्रतिवद्ध छ र रहिरहनेछ ।’

एमालेले ज्वालामुखी ६ को वडा अध्यक्षमा मोहन कुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै एकीकृत समाजवादीबाट जुना राना र नेपाली कांग्रेसबाट किशोर सेडाईं वडाअध्यक्षको उम्मेदवार बनेका छन् ।

यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेका छन् ।

‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भनेका छन् ।

उनले सबैलाई मतदान पक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् । ‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस